Saturday, July 26, 2008

हरपल स्मरण गर्नुपर्ने तीन महत्वपूर्ण कुराहरु

कहिल्ये नभुल्नु - रिण , राष्ट्र र मित्रलाई ।
कहिलै फर्किदैन - गोली , बोली र प्राण ।
कहिलै पर्खिदैन - समय , मृत्‍यु र ग्राहकले ।
कहिलै सानो नसम्झनु - रोग , कर्जा र शत्रुलाई ।
कहिलै झगडा नगर्नु - जग्गा , धन र दुलहीसँग ।
कहिलै नछाड्नु - दिमाग , चरित्र र सिपलाई
कहिलै ठटटा नगरनु - अपाङ , अनाथ र बिधुवासँग ।
कहिलै नढाट्नु - डाक्टर , वकिल र गुरुलाई ।
कहिलै बशमा नपर्नु - धम्की , रवाफ र रुपसँग ।
कहिलै भर नपर्नु - स्वार्थी साथी ,शत्रु र हान्ने गोरूसँग ।
सधैं सम्मान गर्नु - आमा बाबु , गुरु र इज्जतगर्नेलाई ।
सधैं दया गर्नु - भोको ,बालक र पागलहरुलाई ।
सधैं याद राख्नु - सत्य , धर्म र बचनलाई ।
सधैं टाढा रहनु - अल्छी , हिनसा र निन्द्राबाट ।
सधैं उन्नती हुन्छ - बिद्या , परीस्रम र धर्यताबाट ।
सधैं संघर्स गर्नु - स्वतन्रता , इमान र इज्जतको ।
सधैं छोड्नु - रिस ,जुवा र रन्डीबाजिबाट ।
सधैं राम्रो ब्यवहार गर्नु - नोकर , गरीब र ब्यक्तीत्वलाई ।
सधैं लुकाउनु - धन ,अहन्कार र गोप्यतालाई ।
सधैं गर्न नभुल्नु - उपका , उदारता र सम्मान ।
सधैं बशमा राख्नु - काम क्रोध र लोभलाई ।
सधैं संगत गर्नु - सहयोग , मिलनसार र कुशलसँग



( धन्यवाद )
विजय पन्थी , हाल -: दोहा कतार

1 comment:

Khet Raj Mainali said...

la bijay bhai, pragati ramro chha... ajjha paila haru agadi badhos yestai gari