Friday, May 7, 2010

तेस्रो आन्दोलन - सुभद्रा भण्डारी (सोनिया)इजरायल


खै कस्तो माहोल हो नेपालको,

प्रतेक बर्ष बड्दै छ आन्दोलन ।

यो त तेस्रो चरणको आन्दोलन रे,

बड्दै छ एक आपसमा दुराचार

----टुक्रिदै छ आफ्नो-पन ।

-----५ बर्षको बालकले भन्छ ,स्कुल बन्द छ,

जाने गर्न आन्दोलन ।

जन्मिदा आन्दोलन ,हुर्किदा आन्दोलन,


बिकल्प छैन नसिकी आन्दोलन ।

-----बिजुली , पानी यातायात, छैन केही,

कस्तो जीवन कस्तो भार ।

मँहगीले त अझै चुलिदै छ,

बढ्दै छ दिन- दिन अत्याचार।

---आन्दोलन बाट आएको शान्ति पनि,

आन्दोलित नै हुने होला ?

कयौ सहिद बने ,धेरैले ज्यान गुमाए,

यो आन्दोलन पनि त्यस्तै त होला ?

--चकोँ घाम, गर्मीको चाप,

कहीले टुङिन्छ आन्दोलन ?

माहामारीको भय ,बिमारको त्रास,

खै त निकाश आन्दोलन ,बढ्दो छ झन्

-----नेपालका नेता जी हरु सबलाई,

अनाथालय र ब्रिद्धाश्रममा लगेर,तितुल फेर्न लगाउनु पर्ने ।

गोलभेडाको अचार र ढिडोको भोजन दिदै,

गिएरवाला साइकल सवारी साधन दिनु पर्ने ।

हात्तीछाप चप्पल ,त्यही पनि महँगो छ,

छैनन् सबै उपभोग गर्ने ?

मर्दा ओडाउने कात्रोको मोल तिर्न नसकेर,

नआवोस स्थिती नाङै दौडाउनु पर्ने ?

----ए तेस्रो चरणको आन्दोलन,

नलेखियोस एतिहासमा कहिल्यै अब चौथो चरण ।

शान्ति सु-ब्याबस्था ,अनी भेदभाब रहित,

गर सबलाई एकीकरण

---गर सबलाई एकिकरण ---