Saturday, July 26, 2008

हरपल स्मरण गर्नुपर्ने तीन महत्वपूर्ण कुराहरु

कहिल्ये नभुल्नु - रिण , राष्ट्र र मित्रलाई ।
कहिलै फर्किदैन - गोली , बोली र प्राण ।
कहिलै पर्खिदैन - समय , मृत्‍यु र ग्राहकले ।
कहिलै सानो नसम्झनु - रोग , कर्जा र शत्रुलाई ।
कहिलै झगडा नगर्नु - जग्गा , धन र दुलहीसँग ।
कहिलै नछाड्नु - दिमाग , चरित्र र सिपलाई
कहिलै ठटटा नगरनु - अपाङ , अनाथ र बिधुवासँग ।
कहिलै नढाट्नु - डाक्टर , वकिल र गुरुलाई ।
कहिलै बशमा नपर्नु - धम्की , रवाफ र रुपसँग ।
कहिलै भर नपर्नु - स्वार्थी साथी ,शत्रु र हान्ने गोरूसँग ।
सधैं सम्मान गर्नु - आमा बाबु , गुरु र इज्जतगर्नेलाई ।
सधैं दया गर्नु - भोको ,बालक र पागलहरुलाई ।
सधैं याद राख्नु - सत्य , धर्म र बचनलाई ।
सधैं टाढा रहनु - अल्छी , हिनसा र निन्द्राबाट ।
सधैं उन्नती हुन्छ - बिद्या , परीस्रम र धर्यताबाट ।
सधैं संघर्स गर्नु - स्वतन्रता , इमान र इज्जतको ।
सधैं छोड्नु - रिस ,जुवा र रन्डीबाजिबाट ।
सधैं राम्रो ब्यवहार गर्नु - नोकर , गरीब र ब्यक्तीत्वलाई ।
सधैं लुकाउनु - धन ,अहन्कार र गोप्यतालाई ।
सधैं गर्न नभुल्नु - उपका , उदारता र सम्मान ।
सधैं बशमा राख्नु - काम क्रोध र लोभलाई ।
सधैं संगत गर्नु - सहयोग , मिलनसार र कुशलसँग



( धन्यवाद )
विजय पन्थी , हाल -: दोहा कतार

रमाइलो प्रश्नोत्तर

कुन कोट लाउन हुँदैन ?- नगरकोट ।
कुन पान खान हुँदैन ?- जापान ।।
कुन चरो उडदैन ?- बन्चरो ।
कुन बियर पिउदैन ?- अण्डर बियर ।।
कुन कोटमा गोजी हुँदैन ?- पेटिकोटमा ।
कुन रूममा सुतिदैन ?- बाथरूममा ।।
कुन शाला सर्वप्रिय हुन्छ ?- पाठशाला ।
कुन हास पानीमा पौडीदैन ?- इतीहास ।।
कुन रङ चित्रमा प्रयोग हुँदैन ?-मोरङ ।
कुन बम पद्किदैन ?- एल्बम ।।
कुन वीर बहादुर हुँदैन ?-तस्बिर ।
कुन खेल खेलिदैन ?- लगनखेल ।।
कुन पाटीमा मानिस बस्दैन ?- कालो पाटिमा ।
कुन चना खान खाना हुँदैन ?- सुचना ।।
कुन रानी सँग मान्छे सुत्छन ?- सिरानीसँग ।
कुन रस पिउन हुँदैन ?- बनारस ।।
कुन सुन खान हुन्छ ?- लसुन ।
कुन कार चाडन हुँदैन ?- खकार ।।
कुन जल खान हुँदैन ?- गाजल ।
कुन धारामा पानी आउँदैन ?-संबिधानको धारामा ।।
कुन फल खान हुँदैन ?- राइफल ।
कुन देशमा प्राणी हुँदैन ?-शन्देशमा ।।
कुन राइ कालो बणको हुन्छ ?-कराइ ।
कुन किला ठोक्न हुँदैन ?- चुट्किला ।।
कुन कानले सुन्दैन ?-मुस्कानले ।
कुन नून नुनिलो हुँदैन ?- कानुन ।।
कुन फल तितो हुन्छ ?- असफल ।
कुन मल खान हुन्छ ?- चामल ।।
कुन हकले लाभ मिल्छ ?- ग्राहकले ।
कुन यारले बिनास गर्छ ?- हतियारले
( धन्यवाद )

कोही भन्छन जिन्दगी

कोही भन्छन जिन्दगी सिमसिमे पानी हो ।।।।।
कोही भन्छन जिन्दगी प्रेरेणाको खानि हो ।।।।।
कोही भन्छन जिन्दगी अनौठो बानी हो ।।।।।।
कोही भन्छन जिन्दगी पवित्रताको निशानी हो ।।।।।
कोही भन्छन जिन्दगी असफलताको सिरानी हो ।।।।।
म भन्छु जिन्दगी पूणता दिने आँखाको रानी हो ।।।।
धन्यवाद ,,,,,,,,,,,,,

Friday, July 25, 2008

my photo one pice


पछुतो

आफ्नो घर समाज हेर्दा मन हुन्छ चन्चल ।।।।।।।।।।।। बिदेश को शासन हेर्दा जिउ हुन्छ खन्कल ।।।।।।।। दु:ख गरेअनुसारको तलब पनि नपाईने ।।।।।।।। कम्पनी छ कतारीको बोल्नै नपाईने ।।।।।। काम पर्‍यो हवाइजहाजको गर्नुपर्ने सफाइ ।।।।।। पाउने आशामा जुनी बित्यो कतारी रियल ।।।।।। बातावरण कतारीको पशुसरी भेटियो ।।।।।। कुकुर बरु असल हुन्छ, यिनमा विश्वाश मेटियो ।।।।।। एग्रीमेन्ट पुरा भये जान्थे आफ्नै घरमा ।।।।। खन्थे आफ्नै पेशा गरी आफ्नै गाउँघरमा ।।।।।। धर्ती राम्रो फुल फुलेर , आकाश राम्रो जुनले ।।।।। डाफे राम्रो नौरङगीले , मानिस राम्रो गुनले................मानिस राम्रो गुनले ..............................................................vijay panthi

लभ लेटर

मेरो मुटुकी ढुकढुकी,,यो अबिको अटुट माया एबम सम्झना लेखनुपर्ने बिसय नभएपनी तिम्रो हसिलो मुहारको बिचमा झिमझिम गर्ने परेलीलाइ सम्झदा यो मन पटक्कै मन्दैन । तिमी र म बिचको थुप्रै ढुख-सुख का कुराहरुले त झन छटपटी बनायेको छ । के गर्ने प्रिय समय र परिस्थितीले गर्दा अहिले हाम्रो बिछोड भएको छ । तिम्रो कोमल हिर्दयलाई छिया छिया बनाएर म यो समुन्द्र पारीको देशमा एकलाई केबल तिम्रो तस्बिरहरु सजाएर मन लाई सम्हाल्ने प्रयास गरिरहेको छु । के गर्ने प्रिय .......तिमी र म बिचको प्रेमका जराहरुले गहिरोरुप धारण गरिसकेछ । त्यसैले होला नुनबिनाको तरकारी जस्तो भएको छु । तिमीलाई पनि शायद यस्तै भएको होला । तिमीले मेरो मायालाई सम्झेर पठाएका पत्रहरु बेला-बेलामा आइरहेका छन । यहाँ बाट महिले पठाएका पत्रहरु तिमीले पनि प्राप्त गरिरहेकै छौ हौली । केबल पत्रले चैतको खडेरीमा छिटटायेको पानी जस्तै एकछिनको सितल अनुभुती हुन्छ र पुन:उही चर्को खडेरी महसुस हुन्छ । आशा गर्छु ओइलाउछु ,पत्र हेर्दा टोलाउछु । मन खिन्न हुन्छ । धिक्कार्छु आफुले आफैलाई सुन्दर संसार सजाउने कल्पना गर्दा-गर्दै खाएका कसम हरुलाई शिरोपर गरेर हाम्रो बाचा प्रती आच आउन नदिन पुन:यो पत्र कोर्दै छु । ल त प्रिय पत्रचार गरिराख भन्दै बिदामाग्दछु । हाम्रो माया जुनइजुनी भरिलाई भन्दै अर्को पत्रमा भेट हुने बाचाका साथ अहिलेलाई कलम बन्द गर्ने अनुमती चाहन्छु । विजय पन्थी ,गङगोलिया भि डि सि -३ ,पकडीहवा ।हाल दोहा कतार mobile -:9746679107

Thursday, July 24, 2008

बिदेश भनेको के हो ??????????????

बिदेश भनेको सोजो अर्थमा एउटा दु:ख दनिय पिडा हो। बिदेश आउन कसैलाई रहर लाग्छ भने कसैलाई बाध्यताले आउनु पर्छ। खासगरी पहिले पल्टमा रहर हुन्छ र दोस्रो पल्टमा बिदेश आउन बाध्यताले आउनु पर्छ। आफ्नो घरस्थिती समल्न को लागी नेपालमा बसेर कुनै भने जस्तो दाम भने जस्तो काम पाउन नसकेपछी मान्छे वाध्य भएर आर्काको देशमा गुलमी हुन आउनु पर्छ। अनी नेपाल को कमाइले पुग्दैन धेरै दाम को लागी भएपनी मान्छे ले आफ्नो धन सम्पत्ति ज् छ लगनी गरेर भएपनी मान्छे बिदेश आउने गर्छ तर बिदेश आएर कोही कोही लाई मात्र राम्रो भनेको जस्तो काम अनी दाम हुन्छ भने कोही कोही लाई न त भने जस्तो दाम न त भने जस्तो काम हुन्छ तेस्पछी उस्ले बिदेश भनेको के हो भन्ने थाहा पाउछ। बिदेशमा सबै मान्छे लाई राम्रो पैसा छैन कोही कोही ठग कम्पनी पर्‍यो भने महिना महिना म पैसा पनि दिदैन अनी कोही कोही कम्पनी ले त अजै तलब नै रोकिदिन्छ अनी हामीलाई खाना खान लाई पनि पैसा नहुने हुन्छ तेसकारण बिदेश आउन भन्दा पहिला एक पल्ट कस्तो काम हो पैसा कती दिन्छ कुन कम्पनी हो सबै राम्रो सँग बुजेर मात्र बिदेश आउन लाई प्रोसेस चल्नु पर्छ। नत्र भने यहाँ आएपछी साह्रै दु:ख पाईन्छ । अनी काम गर्ने ठाउँ म पैसा दिएन भने वाध्य भएर घर फर्कनु बहेक केही लाग्दैन। कती जना त बिदेशमा आएर बिचल्ली पर्नु परेको छ। म त बिदेश को बारेमा कतार आएर धेरै थोरै जे जती भये पनि ज्ञान भयो। बिदेश यस्तै रहेछ । के गर्ने आएपछी घरको स्थिती सम्जेर काम गर्नै पर्‍यो नि हैन र?ओक ल त बिदेश भनेको यस्तै हो तपाईं हरु ले यो बिदेश भनेको के हो थाहा पौनु भयो होला । पछी भेटौँला सि यू बाइ बाइ बाइ बाइ बाइ बाइ ध्न्यबाद !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!FROM -VIJAY PANTHI DOHA QATAR HAAL

जिबन के हो ?????????

जीवन चुनौती हो - मुकबिला गर, जीवन बियोगान्त हो - सामना गर, जीवन बिसाद हो - विजय गर ,जीवन यात्रा हो - पूर्ण गर, जीवन संघर्स हो - स्विकार गर , जीवन कर्तब्य हो - पालना गर, जीवन रहस्य हो - उदघाटन गर, जीवन प्रतिक्षा हो - पुर गर, जीवन बरदान हो - आश्वादन गर, जीवन संगीत हो - प्रसन्सा गर, जीवन सन्दर्य हो - पूजा गर, जीवन प्रेम हो - उपभोग गर, जीवन नरक हो - निन्दान गर, जीवन स्वप्न हो - प्राप्त गर, जीवन आशा हो - प्रतिक्षा गर ,जीवन अथाह सागर हो - पौडने गर ,जीवन समीर हो - बहने गर जीवन उचच शिखर हो -चढने गर, जीवन गहिराही हो - डुब्ने गर, जीवन मुस्कान हो - हास्ने गर ,धन्यवाद ।।।।।। ?????????

म कतार आउँदा को बेथा

म जनवरी ९ तारिकको घरबाट आमा बुवा भाई इस्ट मित्र सबैलाई छ्हादी निस्के र बुवा र ठुलोबुवा अनी ठुलोमामा हामी दुई अंकल र मलाई पुर्यौन भनेर आउनु भयो । तर ठुलोबुवा र बुवा चाँही बुटवल चौड। देखी वापस जानु भयो र मामा म र अंकल बस म चढि काटमन्दु को यात्रा सुरु गरेउ। काटमन्दु जन हामी बुटवलबाट बिहान ७:३० बजे गाडी चदेउ तर बाटोमा जदखेरी धेरै जाम रहेछ।एसै कारनले हामी राती १२:०० बजे नयाँ बसपर्क पुगेउ। नयाँ बसपर्क बाट सबै यात्राुहरु होटेलको सिल सिलामा लागेउ र होटेल पनि पाइयो र त्यो रात होटेलमै बसेम। आर्को दिन बिहान पख बल्ल धुर्बतारा गेस्ट हाउसमा गयोउ। र कुरा सुरा सबै गर्दा शुक्रबार को फ्लाईट मिलैयो र हामी त्यो दिन होटेलबाला लाई पासपोर्ट भिजा सबै दिएर हामीहरु त्यो होटेलबाट हिंडेउ। शान्तिसानीमा कहाँ गैयो। शान्ती अन्टी बस्ने त सितापाइला भित्र जानुपर्दो रहेछ। शान्ती अन्टी को बासस्थान त रामकोट भन्ने ठाउँमा रहेछ। मामा,म र अंकल भएर रामकोट गइयो। शान्ती अन्टी हामीहरुलाई देखेर धेरै खुशी हुनुभयो। हामीहरु अन्टी कहाँ सोमबार गएम अन्टी कहाँ सोमबार मंगलवार बसेम र बुधवार रामु अंकल अर्को ठाउँमा जानु भयो। शान्ती अन्टी कहाँ बस्दा उमेश दाई पनि अन्टी कहाँ आउनुभयो र हामीहरु गफ सफ गरियो अनी साज पर्न लागेपछी उमेश दाई सित कुपोन्डोल लागे। अनी मामा अंकल चाँही पनि आफ्नो-आफ्नो साथी भेट्न भनेर शान्तिसानीमा को घर बाट जानुभयो। म बुधवार र बिहीवार उमेश दाई सँग बसे। बिहीवार उमेश दाई ले भन्नु भयो बिजु आशा अन्टी कहाँ पनि जने भनेर अनी आशा अन्टी कहाँ बिहीवार दिउसो गएम उमेश दाई र म भएर।अनी अन्टी हामीहरुलाई देखेर खुशी हुनुभयो गफ गरियो हालखबर सोधियो। अनी ३ घण्टा पछी अन्टी बाट बिदा भएर फेरी उमेश दाई र म उमेश दाई बस्ने ठाउँमा वापस कुपोन्डोल आयोउ। तेस पछी त्यो रात तेसै कतार कस्तो होला भन्ने बारेमा रात भर सोच्दा सोच्दै बित्यो।अनी तेसपछी शुक्रबार कतारजाने भन्ने योजना थियो। अनी शुक्रबार बिहान उठियो तेसै कतार को बारेमा सोच्दासोच्दै साजको ५ बजेछ अनी हामीहरु शुक्रबार सबै जना ५ बजे एअरपोर्ट म मिल्ने सल्लहा थियो मामा,म र अंकल अनी शुक्रबार साज ५ बजे सबै जना एअरपोर्ट बाहिर मिलियो। र अंकल र म खिम मामा सँग हात मिलौदै एअरपोर्ट भित्र पसेउ तेतिबेला मलाई साह्रै नरमैलो अनुभब भयो। अनी मामा पनि जानु भयो वपस। अनी ७:२५ को साज हामीहरु अंकल र म हावाइजहाजमा बसी अंकल म दु:ख क दिनहरु बितौन कतार तिर लागेउ। हावाइजहाज जब माथि जन लाग्यो अनी त्यो बेला पनि मेरो आँखा भरी आशु भयो। के गर्ने मान्छे भएर जन्म लिएपछी आफ्नो जन्मेको देश छोडेर आफ्नो गुजरा को लगी आर्का को देशमा जानुपर्दो रहेछ । अनी आफ्नो देशमा भनेको जस्तो दाम काम नभये पछी क् गर्ने हैन र? मइले यस्तै कुरा सोच्दै आए। अनी नरमैलो लगेको थियो मलाई माथि को यात्रामा । हावाइजहाज भित्र बस्दा अंकल बस्ने सिट र म बस्ने सिट धेरै टाढा भयो। जहाजमा म बस्ने आड को सिट एउटा नेपाली ईन्जिनियर बसेको थियो। उ सँग गफ गरे चिन जान गरे। यस्तै क्रम मा हामीहरु त कतार को एअरपोर्ट म हावाइजहाज लेन्दिङ गर्ने बेला भएछ अनी हावाइजहाजमा काम गर्ने क्यविन कुरु आएर हामीलाई बेल्त लगाउन भने।तेस पछी बेल्ट पनि लगैयो। यस्तै क्रममा हावाइजहाज अबतरन गर्नलाई कोशीस गरेको थियो हावाइजहाज अबतरण पनि भयो कतार को १०:०० बजे राती। र तेसपछी हामीहरु अंकल र म हावाइजहाज भित्र बाट एअरपोर्ट बाहिर निस्कियम अनी कतार को एअरपोर्ट भित्र प्रस्थान गरेम। तेस पछी एअरपोर्ट भित्र को पसपोर्ट म छाप- छाप हानेर एअरपोर्ट बहिर निस्किएम। अंकल र म कतार को टेक्सी चढि रियान को क्यु सि सि क्यम्प म पुगियो। यहाँ रूम म आउँदा खेरी अंकल त बरु पुरानो मान्छे सबैलाई चिनेको तर म भने बिल्कुल नयाँ मान्छे साह्रै नरमैलो लाग्यो।अजै रूम म आएपुग्दा त कतार को राती को १२:०० बजेको थियो। त्यो रात साह्रै भोक लगेको थियो। खाना खान भनेर रामु अंकल र म अल रुवाबी होटेल तिर लगेउ। अनी त्याहा होटेल म गएर खाना सोध्दा त खाना भेइसकेको थियो होटेल मा । अनी रामु अंकल र म फेरी वापस रूममा आयोउ। अनी साह्रै भोक लागेकोले नेपाल बाट लिएर आएको चाउ चाउ र पानी खाएर त्यो दिन बित्यो। अर्को दिन बिहान उठियो। अनी त्यहा त सबै साथी मैले नचिनेका साह्रै नरमाइलो लाग्यो। १६ जनवरी को माइलो मामा लाई भेट्ने भनेर वक्रा गइयो। अनी वक्रामा मामा सँग मिलेपछी १७ जनवरी २००५ को वापस रियान क्यम्पमा आएम। र साज रियान क्यम्प बाट पसपोर्ट बुजाउन भनेर क्यु सि सि को अफिस म गइयो र पसपोर्ट बुजाइयो र फेरी अफिस बाट रियानक्याम्प मा वापस आएम। अनी त्यो १७ तरिख तारिख तेतिकै बित्यो। अनी भोली पल्ट १८ जनवरी बिहान बाट काम सुरु गरियो। काम पनि गर्दै जड ठिकै लाग्यो काम सजिलो थियो। अरु सबै कतार आएर काम पनि राम्रै हुँदै आएको छ १ साल सम्म काम गर्दै जडै को क्रममा १२ महिन पछी मलाई कम्पनी ले एअरपोर्ट मा दुती हाल्यो अनी त्यहा त हावाइजहाज भित्र एसो सर सफै गर्नु पर्दो रहेछ काम राम्रै रहेछ यस्तै क्रममा मेरो दिनहरु बित्दै गयो अनी २० महिना सम्मा त्यहा काम गरे तेस पछी फेरी काम्कै सिल्सिला म म त्यहा बाट निस्केर अल्खोर भन्ने ठाउँ म गये अनी त्यहा पनि 6 महिना काम गरे फेरी त्यहा म कसै को बदलामा काम गरेको थिए। तेस्पछी त्यहा घर म काम गर्थे अल्खोर मा । काम गर्द गर्दै त्यहा पहिला काम गर्ने मान्छे पनि आयो तेसपछी म फेरी त्यहा बाट निस्केर पहिला काम गरेको एअरपोर्ट भित्र सेम काम पये अनी अहिले सम्म ४३ महिन भयो म अहिले एअरपोर्ट मै काम गर्दै छु। अब घर जने भनेर बसेको छु म शायद अब आउने अगस्त १० तरिख भित्र २००८ को म घर जडै छु । अनी एत्रो समय महिले घर बाट हिददा कतर म बितौने छु भनेर सोछेको पनि थिएन । यो मेरो बिदेश को पहिले पल्ट को अनुभब हो महिले कतारमा आएर धेरै कुरा हरु पनि सिक्न पये म धेरै खुशी छु । तर कतार मा म ज् जसरी ४३ महिना बितैरहेको छु धेरै घर को गाउँ को सम्झना म तद्पी तद्पी बितैरहेको छु। मैले धेरै थोरै नयाँ नौला कुर हरु पनि सिके अनी थोरै भएपनी अली अली पैसा पनि कमैयो। मेरो काहानी त यस्तै हो घर बाट कतार सम्मा को पहिलो यात्रा सबै भने अनी पछी फेरी कुनै कुरा हरु कतार बाट घर पुग्दा सम्म को महिले पछी अब्स्य नै यो मेरो पेज म भर्ने छु प्रतिछ्या गर्नुहोला। हुन्छ त लेख्दा कुनै मात्रा गल्ती भएको भये म हजुरहरु प्रती माफि चाहन्छु अहिले लाई म राइटिङ बन्द गर्छु। उही हजुरहरु को साथी भाई - बिजय पन्थी हाल दोहा कतार मा। मेरो कतार को नम्बर +९७४६६७९१०७ नेपाल घरको +९७७९८०४४६४७२५ हो मलाई कल गर्नु पर्दा । ओके बाइ बाइ फेरी भेटौँला सि यू ...........I LOVE YOU EVERYBODY BYEEEEEEE FOR NOW.

Wednesday, July 23, 2008

ghar ko yad

malai hij samma ajai 11 mahina baser ghar janchhu bhanne thiyo tara hamiharu sanga kaam garne bangali ghar janchhu bhaneko thiyo tesaile u jala bhaner ma dhukka satha 11 mahina bitaune plan thiyo.tara tyo bangali ko visa november ma sakine bhayeko le usle ahile ghar janalai cancil garyo.ani usle cansil garepachhi supervisor le malai bolayer bhanyo vijay tum abi saman ready karo ghar janeke liya bhanyo ma ta jhasanna bhaye kin bhane ma ghar jana ko lagee mero pass ma paisa pani thiyena tara j bhaye pani maile bangali supervisor lai bhaneko thiy 1 mahina pahile ghar janchhu bhaner tara chhutti mildaina bhaner ma ghar najane bhaner baseko ta testo tum saman ready karo bhanda ta ma 3 chhak pare ani malai tyo bhaneko bela baat man ma nana thari ka kura khelna thalyo.tespachhi ghar ko matrai samjana le satauna thaleko chha ahile pani 11:30 pm samma pani nid nalager maile yeso eauta duita man ma lageka chij lekhna gayeko.ani malai yo blogger banaune ttulo ichchhya thiyo tara sanjog bhanu ki k bhanu khet raj daju aaunu bhayeko le malai khetraj daju le bhannu bhayo bhai eauta blogger banaunu paryo bhaner ani uha le mero teti rati blogger banaidinu bhayo ani khet daju le dukha garer banaunu bhayo malai sarai khusi lagyo yesko lagee khet daju lai maile bhitrai dekhi nai dhanyabaad bhanna chahanchhu.qatar ma aayer malai eakdamai maya garne 3 daju haru payeko chhu waha haru hunuhunchha khet daju,dn daju ra shiva daju malai waha haru le dherai maya garnuhunchha.ani aru ta k bhanu ra ma ab sayed chhittai qatar baat ghar jadai chhu la ta hai maile man ma lageko kura yesto lekheko matra hu.ok la ta feri pachhi pachhi pani lekhdaigaraula mero kahani haru ok la ahile lai bye bye vijay panthi 11:35pm good night...........

Photo


Welcome to my blog

Hi I am Vijay from Rupandehi District, Gongoliya VDC - Ward No.3.

You are most welcome to my first blog. Please advise me for blogging.

Now I am from Doha, Qatar.

Thanks.