Thursday, July 24, 2008

म कतार आउँदा को बेथा

म जनवरी ९ तारिकको घरबाट आमा बुवा भाई इस्ट मित्र सबैलाई छ्हादी निस्के र बुवा र ठुलोबुवा अनी ठुलोमामा हामी दुई अंकल र मलाई पुर्यौन भनेर आउनु भयो । तर ठुलोबुवा र बुवा चाँही बुटवल चौड। देखी वापस जानु भयो र मामा म र अंकल बस म चढि काटमन्दु को यात्रा सुरु गरेउ। काटमन्दु जन हामी बुटवलबाट बिहान ७:३० बजे गाडी चदेउ तर बाटोमा जदखेरी धेरै जाम रहेछ।एसै कारनले हामी राती १२:०० बजे नयाँ बसपर्क पुगेउ। नयाँ बसपर्क बाट सबै यात्राुहरु होटेलको सिल सिलामा लागेउ र होटेल पनि पाइयो र त्यो रात होटेलमै बसेम। आर्को दिन बिहान पख बल्ल धुर्बतारा गेस्ट हाउसमा गयोउ। र कुरा सुरा सबै गर्दा शुक्रबार को फ्लाईट मिलैयो र हामी त्यो दिन होटेलबाला लाई पासपोर्ट भिजा सबै दिएर हामीहरु त्यो होटेलबाट हिंडेउ। शान्तिसानीमा कहाँ गैयो। शान्ती अन्टी बस्ने त सितापाइला भित्र जानुपर्दो रहेछ। शान्ती अन्टी को बासस्थान त रामकोट भन्ने ठाउँमा रहेछ। मामा,म र अंकल भएर रामकोट गइयो। शान्ती अन्टी हामीहरुलाई देखेर धेरै खुशी हुनुभयो। हामीहरु अन्टी कहाँ सोमबार गएम अन्टी कहाँ सोमबार मंगलवार बसेम र बुधवार रामु अंकल अर्को ठाउँमा जानु भयो। शान्ती अन्टी कहाँ बस्दा उमेश दाई पनि अन्टी कहाँ आउनुभयो र हामीहरु गफ सफ गरियो अनी साज पर्न लागेपछी उमेश दाई सित कुपोन्डोल लागे। अनी मामा अंकल चाँही पनि आफ्नो-आफ्नो साथी भेट्न भनेर शान्तिसानीमा को घर बाट जानुभयो। म बुधवार र बिहीवार उमेश दाई सँग बसे। बिहीवार उमेश दाई ले भन्नु भयो बिजु आशा अन्टी कहाँ पनि जने भनेर अनी आशा अन्टी कहाँ बिहीवार दिउसो गएम उमेश दाई र म भएर।अनी अन्टी हामीहरुलाई देखेर खुशी हुनुभयो गफ गरियो हालखबर सोधियो। अनी ३ घण्टा पछी अन्टी बाट बिदा भएर फेरी उमेश दाई र म उमेश दाई बस्ने ठाउँमा वापस कुपोन्डोल आयोउ। तेस पछी त्यो रात तेसै कतार कस्तो होला भन्ने बारेमा रात भर सोच्दा सोच्दै बित्यो।अनी तेसपछी शुक्रबार कतारजाने भन्ने योजना थियो। अनी शुक्रबार बिहान उठियो तेसै कतार को बारेमा सोच्दासोच्दै साजको ५ बजेछ अनी हामीहरु शुक्रबार सबै जना ५ बजे एअरपोर्ट म मिल्ने सल्लहा थियो मामा,म र अंकल अनी शुक्रबार साज ५ बजे सबै जना एअरपोर्ट बाहिर मिलियो। र अंकल र म खिम मामा सँग हात मिलौदै एअरपोर्ट भित्र पसेउ तेतिबेला मलाई साह्रै नरमैलो अनुभब भयो। अनी मामा पनि जानु भयो वपस। अनी ७:२५ को साज हामीहरु अंकल र म हावाइजहाजमा बसी अंकल म दु:ख क दिनहरु बितौन कतार तिर लागेउ। हावाइजहाज जब माथि जन लाग्यो अनी त्यो बेला पनि मेरो आँखा भरी आशु भयो। के गर्ने मान्छे भएर जन्म लिएपछी आफ्नो जन्मेको देश छोडेर आफ्नो गुजरा को लगी आर्का को देशमा जानुपर्दो रहेछ । अनी आफ्नो देशमा भनेको जस्तो दाम काम नभये पछी क् गर्ने हैन र? मइले यस्तै कुरा सोच्दै आए। अनी नरमैलो लगेको थियो मलाई माथि को यात्रामा । हावाइजहाज भित्र बस्दा अंकल बस्ने सिट र म बस्ने सिट धेरै टाढा भयो। जहाजमा म बस्ने आड को सिट एउटा नेपाली ईन्जिनियर बसेको थियो। उ सँग गफ गरे चिन जान गरे। यस्तै क्रम मा हामीहरु त कतार को एअरपोर्ट म हावाइजहाज लेन्दिङ गर्ने बेला भएछ अनी हावाइजहाजमा काम गर्ने क्यविन कुरु आएर हामीलाई बेल्त लगाउन भने।तेस पछी बेल्ट पनि लगैयो। यस्तै क्रममा हावाइजहाज अबतरन गर्नलाई कोशीस गरेको थियो हावाइजहाज अबतरण पनि भयो कतार को १०:०० बजे राती। र तेसपछी हामीहरु अंकल र म हावाइजहाज भित्र बाट एअरपोर्ट बाहिर निस्कियम अनी कतार को एअरपोर्ट भित्र प्रस्थान गरेम। तेस पछी एअरपोर्ट भित्र को पसपोर्ट म छाप- छाप हानेर एअरपोर्ट बहिर निस्किएम। अंकल र म कतार को टेक्सी चढि रियान को क्यु सि सि क्यम्प म पुगियो। यहाँ रूम म आउँदा खेरी अंकल त बरु पुरानो मान्छे सबैलाई चिनेको तर म भने बिल्कुल नयाँ मान्छे साह्रै नरमैलो लाग्यो।अजै रूम म आएपुग्दा त कतार को राती को १२:०० बजेको थियो। त्यो रात साह्रै भोक लगेको थियो। खाना खान भनेर रामु अंकल र म अल रुवाबी होटेल तिर लगेउ। अनी त्याहा होटेल म गएर खाना सोध्दा त खाना भेइसकेको थियो होटेल मा । अनी रामु अंकल र म फेरी वापस रूममा आयोउ। अनी साह्रै भोक लागेकोले नेपाल बाट लिएर आएको चाउ चाउ र पानी खाएर त्यो दिन बित्यो। अर्को दिन बिहान उठियो। अनी त्यहा त सबै साथी मैले नचिनेका साह्रै नरमाइलो लाग्यो। १६ जनवरी को माइलो मामा लाई भेट्ने भनेर वक्रा गइयो। अनी वक्रामा मामा सँग मिलेपछी १७ जनवरी २००५ को वापस रियान क्यम्पमा आएम। र साज रियान क्यम्प बाट पसपोर्ट बुजाउन भनेर क्यु सि सि को अफिस म गइयो र पसपोर्ट बुजाइयो र फेरी अफिस बाट रियानक्याम्प मा वापस आएम। अनी त्यो १७ तरिख तारिख तेतिकै बित्यो। अनी भोली पल्ट १८ जनवरी बिहान बाट काम सुरु गरियो। काम पनि गर्दै जड ठिकै लाग्यो काम सजिलो थियो। अरु सबै कतार आएर काम पनि राम्रै हुँदै आएको छ १ साल सम्म काम गर्दै जडै को क्रममा १२ महिन पछी मलाई कम्पनी ले एअरपोर्ट मा दुती हाल्यो अनी त्यहा त हावाइजहाज भित्र एसो सर सफै गर्नु पर्दो रहेछ काम राम्रै रहेछ यस्तै क्रममा मेरो दिनहरु बित्दै गयो अनी २० महिना सम्मा त्यहा काम गरे तेस पछी फेरी काम्कै सिल्सिला म म त्यहा बाट निस्केर अल्खोर भन्ने ठाउँ म गये अनी त्यहा पनि 6 महिना काम गरे फेरी त्यहा म कसै को बदलामा काम गरेको थिए। तेस्पछी त्यहा घर म काम गर्थे अल्खोर मा । काम गर्द गर्दै त्यहा पहिला काम गर्ने मान्छे पनि आयो तेसपछी म फेरी त्यहा बाट निस्केर पहिला काम गरेको एअरपोर्ट भित्र सेम काम पये अनी अहिले सम्म ४३ महिन भयो म अहिले एअरपोर्ट मै काम गर्दै छु। अब घर जने भनेर बसेको छु म शायद अब आउने अगस्त १० तरिख भित्र २००८ को म घर जडै छु । अनी एत्रो समय महिले घर बाट हिददा कतर म बितौने छु भनेर सोछेको पनि थिएन । यो मेरो बिदेश को पहिले पल्ट को अनुभब हो महिले कतारमा आएर धेरै कुरा हरु पनि सिक्न पये म धेरै खुशी छु । तर कतार मा म ज् जसरी ४३ महिना बितैरहेको छु धेरै घर को गाउँ को सम्झना म तद्पी तद्पी बितैरहेको छु। मैले धेरै थोरै नयाँ नौला कुर हरु पनि सिके अनी थोरै भएपनी अली अली पैसा पनि कमैयो। मेरो काहानी त यस्तै हो घर बाट कतार सम्मा को पहिलो यात्रा सबै भने अनी पछी फेरी कुनै कुरा हरु कतार बाट घर पुग्दा सम्म को महिले पछी अब्स्य नै यो मेरो पेज म भर्ने छु प्रतिछ्या गर्नुहोला। हुन्छ त लेख्दा कुनै मात्रा गल्ती भएको भये म हजुरहरु प्रती माफि चाहन्छु अहिले लाई म राइटिङ बन्द गर्छु। उही हजुरहरु को साथी भाई - बिजय पन्थी हाल दोहा कतार मा। मेरो कतार को नम्बर +९७४६६७९१०७ नेपाल घरको +९७७९८०४४६४७२५ हो मलाई कल गर्नु पर्दा । ओके बाइ बाइ फेरी भेटौँला सि यू ...........I LOVE YOU EVERYBODY BYEEEEEEE FOR NOW.