Friday, July 25, 2008

लभ लेटर

मेरो मुटुकी ढुकढुकी,,यो अबिको अटुट माया एबम सम्झना लेखनुपर्ने बिसय नभएपनी तिम्रो हसिलो मुहारको बिचमा झिमझिम गर्ने परेलीलाइ सम्झदा यो मन पटक्कै मन्दैन । तिमी र म बिचको थुप्रै ढुख-सुख का कुराहरुले त झन छटपटी बनायेको छ । के गर्ने प्रिय समय र परिस्थितीले गर्दा अहिले हाम्रो बिछोड भएको छ । तिम्रो कोमल हिर्दयलाई छिया छिया बनाएर म यो समुन्द्र पारीको देशमा एकलाई केबल तिम्रो तस्बिरहरु सजाएर मन लाई सम्हाल्ने प्रयास गरिरहेको छु । के गर्ने प्रिय .......तिमी र म बिचको प्रेमका जराहरुले गहिरोरुप धारण गरिसकेछ । त्यसैले होला नुनबिनाको तरकारी जस्तो भएको छु । तिमीलाई पनि शायद यस्तै भएको होला । तिमीले मेरो मायालाई सम्झेर पठाएका पत्रहरु बेला-बेलामा आइरहेका छन । यहाँ बाट महिले पठाएका पत्रहरु तिमीले पनि प्राप्त गरिरहेकै छौ हौली । केबल पत्रले चैतको खडेरीमा छिटटायेको पानी जस्तै एकछिनको सितल अनुभुती हुन्छ र पुन:उही चर्को खडेरी महसुस हुन्छ । आशा गर्छु ओइलाउछु ,पत्र हेर्दा टोलाउछु । मन खिन्न हुन्छ । धिक्कार्छु आफुले आफैलाई सुन्दर संसार सजाउने कल्पना गर्दा-गर्दै खाएका कसम हरुलाई शिरोपर गरेर हाम्रो बाचा प्रती आच आउन नदिन पुन:यो पत्र कोर्दै छु । ल त प्रिय पत्रचार गरिराख भन्दै बिदामाग्दछु । हाम्रो माया जुनइजुनी भरिलाई भन्दै अर्को पत्रमा भेट हुने बाचाका साथ अहिलेलाई कलम बन्द गर्ने अनुमती चाहन्छु । विजय पन्थी ,गङगोलिया भि डि सि -३ ,पकडीहवा ।हाल दोहा कतार mobile -:9746679107

No comments: