Monday, August 25, 2008

म कतार मा आउँदा को बेथा {EPISODE-2}

मलाई मेरो सुपरभाइजर ले जुलाई २२ को घर जने भये समान तयार गरेर राख भन्यो अनी मैले समान सबै तयार परेर राखे ।तर सुपरभाइजर ले भने पनि मैले काम गर्ने ठाउँ बाट बङगलादेश को मान्छे घर गएको थियो । त्यो मान्छे जुलाई लास्ट मा आउछ भनेको थियो सुपरभाइजरले तर त्यो बङगाली नआये सम्म म घर जान पाउन्न थे ।त्यो बङाली आउला भनेर मैले पर्खिरहे तर अगस्त को पहिलो हप्तामा पनि आएन अनी अगस्त को १० तारिख आउछ भनेर भने बङाली मान्छे हरुले तेसपछी म आउला भनेर पर्खिरहे तर १० तरिख पनि आएन अगस्तको। मलाई त्यो सुपरभाइजर ले घर जान पाउछस भनेको दिन बाट मेरो मन मा घर को याद बाहेक केही पनि घुसेको थिएन। बरु घर नजने भनेर ढुक्क सँग बस्दा ४३ महिन गएको पत्तै भएको थिएन जब घर जने भनेर भन्दा त आउने दिन कात्न धेरै मुस्किल हुदोरहेछ । म अहिले काम गर्दा पनि काम तिर ध्यान नजादोरहेछ ।खाली घर को याद मात्र आउदोरहेछ । तर १६ तरिख अगस्तको आउला तनी भनेर पर्खे तर त्यो दिन पनि म धेरै दुख्खी भये आएन । तर त्यो बङगाली ले घर को फोन नम्बर दिएर गएको भएपनी शायद कहिले आउछस भनेर फोन गर्ने थिए होला । नत त्यो बङालीले फोन नम्बर दिएर नै गएको छ न त उस्ले नै फोन गरेको छ एती तरिख आउछु भनेर। आज २५ हो अगस्त तर पनि आएको छैन आज सम्म हजुर हरुले नै सोच्नु म कती तद्पिएको होला । मलाई बरु ४३ महिना काट्न तेती दु:ख भएको थिएन तर यो एक महिना काट्न मलाई ४३ महिन भन्दा पनि गाह्रो भएको छ । बङाली घर गएको पनि आज ५ महिना १८ दिन भयो अब बङाली को कतार आउने दिन जम्मा १२ दिन बाँकी छ । यो १२ दिन भित्र आएन भने त्यो बङाली आउन पाउदैन ।कतार को निएम अनुसार 6 महिना भित्रै आउन पर्छ नत्र एअरपोर्ट भित्र बाट आउन दिदैन तेसैले त्यो बङाली सेप्टेम्बर छ तरिख सम्मा जसरी पनि आउछ तेसपछी म जान्छु होला । यस्तै रहेछ बिदेश को जिन्दगी भनेको । घर जान्छु भनेको बेला पनि टाईममा जान नपाईने ।घर बाट सोच्नु भयो होला किन आएन भनेर तर के गर्ने मैले मात्र चाएर नहुने रहेछ । तर अब त घर जाने भनेर सोच्न पनि छाडेको छु हेरम क् हुन्छ छ तरिख सम्म। हुन्छ त मेरो बेदना घर जान भनेको बेला नपाउदा कस्तो टेनसन भएको रहेछ थाहा पाइहाल्नु भयो । फेरी भाग्यमा भये सम्म घर जादा को बेथा यो पेजमा वर्ने छु हेर्न नभुल्नु होला । अहिले लाई यती नै हजुरहरु को शुभचिन्तक विजय पन्थी

1 comment:

DN Aryal said...

Nikai khushi lagyo bijay bhai le aphno blog ma aphna bhawana haru lai spasta saga lekheko ma. bhai tension leneka nahi deneka bhanchhan tesaile chinta lina choda, j hunchha sabai ramrai hunchha. yestai yestai bhawana haru lekhdai garnu.